काठमाडौँ– पेट्रोलियममा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा संयुक्त टे«ड युनियन संघर्ष समितिले काटमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण महङ्गी बढेको र यसका कारण जनताको जनजिवन प्रभावित भएको भन्दै समितिले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । त्यस्तै प्रदर्शनमा सहभागीहरुले मिटर व्याजी सुदखोरलाई कारवाही गर्नुपर्ने र राष्ट्रघाती एसपीपी अस्वीकार गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।
प्रतिक्रिया