असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

सुगर फ्रीमा सागर, अञ्जली र श्रीदेव



काठमाडौं– गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘सुगर फ्री’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र बजगाईंको संगी तथा संगीत संयोजन छ ।

गीतमा अम्बिका थापाको शब्द, मनोज परियारको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराई फिचर्ड छन् ।

त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन, विमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्रफी, विकास ज्ञवालीको सम्पादन र राजेन्द्र बजगाईंको निर्देशन छ ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ४ : २७ बजे