काठमाडौँ– नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच वागमती प्रदेशको मूख्यमन्त्री आलोपालो चलाउनेगरि भएको सहमति सार्वजनिक भएको छ। २०७८ साल कात्तिक ७ गते तीन दलबीच भएको सहमतिमा मुख्यमन्त्री पाण्डे, कांग्रेसको बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलको हस्ताक्षर छ।
अहिलेका मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले पद छोड्न तयार नभएपछि कांग्रेसले सहमति पत्र सार्वजनिक गरेको हो।
सहमति अनुसार २०७८ साल कात्तिक ११ गते एकीकृत समाजवादीका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए। त्यसपछिको आधा अवधि कांग्रेसका बानियाँ मुख्यमन्त्री हुनुपर्नेमा पाण्डेले पद छोड्न अस्विकार गरेपछी कांग्रेसले सहमतिपत्र सार्वजनिक गरेको हो ।
झन्डै ९ महिना मुख्यमन्त्री बनिसकेका पाण्डेलाई सहमति कार्यान्वयन गर्न कांग्रेसले दबाब दिन थालेको छ ।
प्रतिक्रिया