असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

रकम मोलमोलाई गर्ने न्यायाधीश र वकिललाई कारबाही गर्न राप्रपाको माग



काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले अभियुक्तलाई धराैटीमा रिहा गर्न रकम मोलमोलाई गर्ने न्यायाधीश र अधिवक्तालाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै विहीबार न्यापरिषदमा निवेदन दर्ता गरेको छ ।

पार्टीको सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले काठमाडौं जिल्ला अदालतका न्यायाधीस राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरी थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो ।

निवेदन दर्तापछि शाहीले तत्काल उनीहरुलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गर्ने बताए । मुलुकमा विधिको शासन कायम गर्न पनि सबैलाई बराबर कानून हुनुपर्ने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १ : ४४ बजे