असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

फस्टलुकमा सम्राटको लाखे



काठमाडौं–आगामी भदौ ३१ मा रिलिज हुने फिल्म ‘लाखे’को फस्टलुक सार्वजनिक भएको छ । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको फस्टलुक बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

सम्राट बस्नेत निर्देशित फिल्मको फस्टलुकमा लाखेको मुकुटको पृष्ठभूमिमा एक पात्रलाई देखाइएको छ । फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा अडिसनबाट छानिएका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्रबहादुर बिष्ट, सुजन ए.परियार, श्रवणकुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारीको पनि अभिनय छ ।

फिल्ममा हरी मल्ल ठकुरी कार्यकारी निर्माता, सिजन अर्याल निर्माता छन् । सिजनकै कथा रहेको फिल्ममा गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता छन् ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १ : ०६ बजे