असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

बूढानीलकण्ठमा महिलाको शव फेला



काठमाडौँ – काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८, भंगालमा एक महिलाको शव भेटिएको छ । उनको हत्या गरिएको आशंका प्रहरीले गरेको छ ।

बूढानीलकण्ठ-३ घर भएकी ४० वर्षीय फूलमाया सुनारको शव फेला परेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

हिजो मध्याह्न भंगालमा निर्माणाधीन एउटा घरमा फूलमायाको शव फेला परेको थियो । प्रहरीका अनुसार अनुसन्धानका लागि बागलुङका लक्ष्मीनारायण केसीलाई पक्राउ गरिएको छ । पक्राउ परेका केसी सोही निर्माणाधीन घरको चौकीदार हुन् ।
फूलमायाको शव घरको भुइँतलामा भेटिएको हो ।

उनले केही समयअघि सोही घर निर्माणसम्बन्धी काम गरेको र बीचमा छाडेर फेरि कामको खोजीमा बुधबार (हिजो) नै त्यहाँ पुगेको बताइएको छ । घटनाको अनुसन्धान जारी रहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी प्रमेश विष्टले बताए ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १ : ०८ बजे