असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

मोडल हन्ट नेपालमा नम्रता



काठमाडौं– सन् २०२० कि ‘मिस नेपाल’ नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा निर्णायकको रुपमा आबद्ध भएकी छन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले सातौं संस्करणको सुरु चलिरहेकोले उक्त प्रतियोगिताका लागि नम्रतालाई निर्णायकको रुपमा अनुबन्धित गरेको बताए ।

प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् । विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताको सातौं संस्करणका लागि यही असार ११ गतेबाट छनोट चरणको अडिसन शुरु हुँदैछ ।

प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा ५ लाख बराबर उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  १२ : ३७ बजे