असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

बढ्यो सुनको भाउ



काठमाडौँ – सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैंयाँले बढेर ९७ हजार ५०० रुपैंयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैंयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैंयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २५० रुपैंयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ११ : २३ बजे