काठमाडौँ – सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बिहीबार) ललितपुरका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् ।
माओवादी केन्द्रका तर्फबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई आज ११ बजे प्रशिक्षण दिने कार्यक्रम तय भएको हो । बिहीबार लगनखेलस्थित साझा पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादीले जनाएको छ । माओवादीले यसअघि देशभरका निर्वाचित जनप्रतिनिधिलाई राजधानी बोलाएर प्रशिक्षण दिएको थियो ।
प्रतिक्रिया