असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

चुट्किला : अशक्त भएँ भनेर



माधव रक्सीले मातिँदै सडकमा हिँड्दै थियो, उ एउटा खुट्टा दायाँ र अर्को खुट्टा बायाँ गर्दै लडखडिँदै हिँड्दै थियो । त्यत्तिकैमा एउटा हवल्दारले देखेछ र माधवलाई एक डण्डा हिर्काउँदै भनेछ :
ओई, खुट्टा समेत ठेगानामा छैन, कत्ति पिएको छस् ।
माधव : धन्यवाद, मलाई सम्झाई दिनु भयो कि मैले पिएको छु भनेर, नत्र मैले त यो सम्झिँदै थिएँ कि म कसरी अशक्त भएँ भनेर ।

तपाईं त जिउँदै हुनुहुन्छ

स्कुलको एउटा विल्डिङमा आगो लागेछ ।
स्कुलका सबै बच्चा टाढाबाट हेर्दै ल अब स्कुल आउनु परेन भन्दै खुशी भइरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो । त्यो देखेर एउटा टिचरले सोधेछ : बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भइराखेका छन् त ?
विद्यार्थी : विल्डिङमा आगो लागेर के गर्नु सर तपाईं त जिउँदै हुनुहुन्छ नि…..

साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ९ : ०३ बजे