असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

फर्सी खानु स्वास्थ्यका लागि फाइदै फाइदा



फर्सी हाम्रो लोकप्रिय तरकारी हो । हामी नेपालीलाई यसको विशेष परिचयको आवश्यक पर्दैन । हामीले देखे खाएकै कुरा हो । फर्सी उसिने पनि खान सकिन्छ ।

फर्सीको तरकारी कब्ज निवारक गुणयुक्त छ तर यसलाई बोक्रा फ्याँकेर पकाउनु हुँदैन । बोक्रैसँग पकाउनु पर्दछ । फर्सीको तरकारीमा पुदिना, रायो, लसुन मिलाएर पकाउनाले स्वाद र गुण दुवै बढ्दछन् । पाकेको फर्सीको कडा बोक्रालाई सफासँग धोई तासेर सुकाउने र सुकेपछि कुटेर चूर्ण बनाउने । यो चूणर् दाल, तरकारी, पिठोमा मिलाएर खानु स्वास्थ्यबद्र्धक छ । १-१ चम्चा बिहान-साँझ तातो पानीसँग खानाले कब्ज निवारण गर्दछ साथै शरीरमा पोषकतत्व बढ्छ ।

फर्सी खाएर कसैलाई बेफाइदा भएमा पुदिना या लहसुनको चिया जस्तो पकाई पिउनु पर्दछ । फर्सीको कुनै पनि परिकारमा पुदिना, लसुन, रायो, त्रिकटु, (पिपला, सूठो, मरिच) जैतुनको तेल आदि मिलाउनाले आकस्मिक रुपमा हुनसक्ने बेफाइदा पनि न्यून भएर जान्छ ।

साभार : ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट
साभार : ‘आरोग्यको मूलबाटो’ पुस्तकबाट

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ८ : ५८ बजे