श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

दाम्पत्य सफलताका लागि साना कुरा पनि महत्वपूर्ण हुन्छन्



श्रीमानको आनीबानी, विचार, स्वभाव बुझ्न पनि कम समय लाग्दैन, वर्षौं लाग्न सक्छ । साना-साना इँटा जोडेर ठूला ठूला भवन बन्छन् । त्यस्तै साना साना कुराबाटै ठूला-ठूला झगडा हुने गर्छ । त्यसैले सानो कुरा सच्याउनुस्, ठूलो कुरा त जोइपोइबीच पहिल्यै हुन्छ । त्यसो नहुँदो हो त बिहे किन पो हुँदो हो !

तपाईंका लोग्ने घर आउना साथ मलिन वा उग्र अनुहार देखाएर उनको थकित तनलाई अझै बोझिलो र मनलाई अशान्त पार्ने अपराध नगर्नुस् । त्यस वेला आफ्ना पीडालाई गुप्ताङ्गझैं लुकाएर हाँस्नुस् र मधुर बोलीमा लोग्नेको स्वागत गरी उनको तनमनको बोझ हल्का पार्नुस् । उनलाई मीठो चिया खाजा खुवाउनुस् ।

उनको मनपर्ने गीत-संगीत बजाउनुस् । उनी तनमनबाट शक्तिशाली भएपछि मात्र अप्ठेरो कुरा पस्कनुस्, त्यस वेला मात्र उनले तीता कुरा सजिलै पचाउन सक्छन् ।
साभार : ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ८ : ५३ बजे