असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

धनुरासन योगाबाट हुने लाभ



यो आसन गर्दा धनुषको आकार आउने भएकोले यसलाई धनुरासन भनिन्छ ।
विधि
– घोप्टो परेर सुत्ने ।
– घुँडासम्म खुट्टालाई मोडेर कुर्कुच्चा नितम्बको माथि राख्ने र घुँडा र पञ्जा आपसमा मिलाउने ।
– दुवै हातले खुट्टाको कुर्कुच्चा नजिक समात्ने ।
– श्वास भित्र तानेर घुँडा एवं छाती वा ढाडलाई क्रमशः उठाएर माथितिर तान्ने । तान्दा हात सीधा हुनुपर्छ ।
– पछाडिको भाग उठेपश्चात् पेटको माथिको भाग छाती, घाँटी एवं टाउकोलाई पनि माथि उठाउने । नाभि र पेटको नजिकको भाग भुइँमै हुनुपर्छ र अन्य भाग माथि उठेको हुनुपर्दछ ।
– शरीरको आकृति डोरी तानेको धनुषझै हुन्छ । यो स्थितिमा करिब आधा मिनेटसम्म रहने ।
– अब क्रमशः श्वास छोड्दै पूर्ववत् स्थितिमा आउने ।
लाभ
– मेरुदण्डलाई लचिलो एवं स्वस्थ बनाउँछ । हात, काँध र खुट्टाका हाड दुख्ने, ढाड दुख्ने र पेटको समस्त रोगमा लाभदायक छ ।
– गानो जाने समस्या समाप्त हुन्छ ।
– स्त्रीहरुको मासिक धर्मसम्बन्धी विकृतिहरुमा लाभदायक छ ।
– मृगौलालाई बल प्रदान गरी मूत्र विकारलाई समाप्त गर्दछ । डर वा बेचैनीको कारण हुने र बारम्बार पिसाब आउने समस्यामा लाभकारी छ ।
साभार : ‘योगतन्त्र’ पुस्तकबाट

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ७ : ५७ बजे