असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

किन उपहारमा रुमाल दिनु हुँदैन ? के-के चीज उपहारमा दिन हुन्छ ? के हुँदैन ?



खास दिन, चाडपर्व वा मौकामा आफ्ना नजिकको परिवार, मित्र, सहयोगी वा छिमेकीबाट केहि विशेष उपहार पाउने गरिन्छ । उपहारले मानिसलाई खुशी तुल्याउँछ त्यसैले यसलाई बर्षौसम्म सम्हालेर राख्ने गरिन्छ । तर अत्यन्त कम मानिसलाई थाहा हुन सक्छ यस्ता केहि उपहार सौभाग्य वा दुर्भाग्यको कारण पनि बन्न सक्छ । के के हुन् ती उपहार ।

यी उपारले सौभाग्य ल्याउँछन्
धातुको हात्ती
सुन, चाँदी, पितल, अष्ट धातुको हात्ती उपहारमा पाउनु निकै शुभ मानिन्छ । यदि धातुको हात्ती उपहारमा पाउनु भयो भने आय बढ्ने वा धनलाभ हुने संकेत मानिन्छ ।

विण्डचाइम्स
उपहारमा विण्डचाइम्स पाउनु निकै शुभ मानिन्छ । यदि ८ स्टिक भएको र धातु वा काठको विण्डचाइम्स पाउनु निकै शुभ हुने मान्यता छ । यसले जीवनमा खुशी ल्याउने मान्यता छ ।

लाफिंग बुद्धा
लाफिंग बुद्धालाई चाइनीज वास्तुमा निकै महत्वपूर्ण मानिन्छ । त्यसैले यसलाई उपहारमा पाउनु निकै शुभ मानिन्छ । अझ हातमा धनको पोको बोकेको लाफिंग बुद्धाको प्रतिमा उपहारमा पाउनु भाग्यशाली हुने मान्यता छ ।

बाँसको बिरुवा
आजकल साना आकारको बाँसको विरुवा निकै प्रचलनमा छ । यो आकारको बाँस उपहारमा पाउनु निकै शुभ मानिन्छ । यसले घरको आम्दानी बढ्ने संकेत गर्ने मान्यता छ ।

पियोनिया फूल
पियोनियो फूललाई समेत निकै शुभ मानिन्छ । यदि उपहारमा यो फूल पाइयो भने भाग्य उदय हुने संकेत मानिन्छ । साथै घरमा आम्दानी बढ्ने मान्यता छ ।

उपहारमा भुलेर पनि यी चिज दिनु हुँदैन
– तिखा वा धारिला सामान, जुत्ता-चप्पल उपहारमा दिदाँ सम्बन्ध बिर्गने वास्तुको मान्यता छ ।
– सम्बन्ध भएकाले उपहारमा रुमाल दिन नहुने मान्यता छ यसले दूरी बढाउने मान्यता छ ।
जी न्यूज डटकम

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ६ : ५१ बजे