असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

कुन दूध सक्कली, कुन नक्कली ? कसरी थाहा पाउने ?



शरीर स्वास्थ्य राख्न नियमित दूध पिउनु लाभदायी हुन्छ । तर आजकल बजारबाट ल्याउने तयारी दूध सबै शुद्ध नहुन पनि सक्छ । यस्तोमा नक्कली दूध कसरी छुट्टाउने त ?

दूधको गुणस्तर दूध दिने प्राणी, त्यसले सेवन गर्ने खानेकुरा र त्यसको प्रजाति आदिमा निर्भर हुन्छ । लोकल गाईको दूध बढी स्तरीय मानिन्छ । यस्तै खुल्ला चरनमा छाडिने गाई, भैँसीको पनि दूध गुणस्तरीय हुन्छ ।

दूधमा के-के मिसावट हुन्छ ?
– सिन्थेटिक जस्ता रसायन मिश्रण गरेर दूधको मात्रा बढाइन्छ ।
– कतिपयले दूधमा युरिया जस्ता हानिकारक केमिकल पनि मिश्रण गर्छन् ।
– दूधका पानी मिसाउने सम्भावना धेरै हुन्छ ।

यसरी बन्छ नक्कली दूध ?
नक्कली दूध विक्री गर्नेले सिन्थेटिकको प्रयोग गर्न सक्छन् । सिन्थेटिक दूध बनाउन दूधमा थोरै युरिया हालेर हल्का आँचमा उमालिन्छ । त्यसमा कपडा धुने डिटर्जेन्ट पाउडर, सोडा स्टार्च, वासिङ पाउडर आदि मिसाउने गर्दछन् । त्यसलाई दूध जस्तै देखाउनका लागि केही असली दूध पनि मिसाइन्छ ।

यसरी थाहा पाउनु होस् नक्कली दूध
१. दूध अस्वाभाविक पहेंलो भए वा स्वाद भिन्नै छ भने त्यसमा शंका गर्नुपर्छ ।

२. दूधको एक थोपा औलामा रगड्दा त्यसमा चिप्लो पदार्थ टाँसिए जस्तो भयो भने त्यो दूध अशुद्ध हो ।

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ६ : ४५ बजे