असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु



१. कर्म मनुष्य जीवनको महत्वपूर्ण साधन हो । कर्मका साथै भाग्य र परमात्माको पनि ज्यादै ठूलो योगदान छ ।

२. जो हिजो थियो, यो विगतमा घटेको थियो, त्यो आज पनि छ । त्यसको प्रभाव परिरहेकै छ ।

३. घटनाहरु त घटिरहन्छन् । हरेक घटनाको आफ्नो सिलसिला छ । हरेक घटनाको निर्माणमा मानिसका कर्म, विचार, भाव, चिन्तन, प्रयास छन् । हरेक घटनामा संस्कार पनि छन्- जन्म होस् वा मृत्यु, प्रेम होस् या घृणा, मिलन विछोड सबैको केही आधार त छँदै छ ।

४. प्रेम जुन बाटोबाट गुज्रे पनि उसले आफ्नो इतिहास बनाएर छोड्दछ । नदीको बहाबमा जब संगम हुन्छ, तब त्यस ठाउँको भूमिलाई केही भिन्दै अनुभव हुन्छ ।

५. जन तिमी प्रेममा फस्नेछौ तब तिम्रो वर्तमान जाग्नेछ । जब प्रेम तिमीमा घट्दछ, तब तिमी केही गर्न सक्ने छैनौ । न पूजा, न पाठ, न प्रार्थना । तिम्रा सबै सीमा भत्किने छन् र तिमी अद्वैत हुन्छौ । यस्तै प्रेम तिमीभित्र घट्न देऊ । मसँग मेरा गुरुले यही भन्नु भयो र आज म तिमीसँग भन्दैछु ।

६. मानव मन प्रेम विना रहँदैन । मनले जसलाई प्रेम गर्छ उसैमा रमाउँछ । ऊ सम्पूणर् प्रेम पाउन चाहन्छ । तर आजसम्म मानिसले भरपुर प्रेम पाएकै छैन । प्रेमको पराकाष्ठा नै आत्म ज्ञान हो ।

७. तिमी आत्मा हौ, म आत्मा हुँ । आत्माहरु एक हुन्, दुवैको मूल एउटै हो, प्रकृति एक हो । तिमी मेरा हौ, म तिम्रो हुँ, म बुद्ध हुँ र तिमीले पनि बुद्ध बन्नु छ ।
साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : असार ९, २०७९ बिहीबार  ६ : ३९ बजे