आचार्य रामानुज त्यो वेलामा वृद्ध भइसकेका थिए । उनी एक ब्राह्मण शिष्यको सहारा दिएर गंगा स्नानको लागि जान्थे । फर्केर उनी आफ्नो हात एउटा शुद्र विद्यार्थीको काँधमा राख्थे । ब्राह्मण शिष्यलाई यो कुरा मन परेन, उनीहरुले ब्राह्मण समाजको कानमा यो कुरा मसलादार बनाएर पुर्याए ।
एक दिन गंगा किनारबाट फर्किंदै ब्राह्मण मण्डलीले रामानुजलाई घेरे ।
चारैतिरबाट रोषको लहर आउन थाल्यो, छि छि । आचार्यजी गंगा स्नानपछि एउटा शुद्रको काँधमा हात राख्छन् । राम राम, आचार्यजीको त धर्म नै भ्रष्ट भयो । सात जन्म गंगामा नुहाइरहे पनि पवित्र हुँदैनन् । यिनले त घोर नरकमा जानुपर्छ ।
आचार्य रामानुजले शान्त भावले सुनिरहे, फेरि उनले हाँस्दै भने, भाइहरु हो, मेरो उच्च कुलको अभिमान धुनाको लागि गंगा पनि असमर्थ थियो । त्यसैले म यो शुद्र शिष्यको काँधमा हात राख्छु ताकि झूट र दम्भको ओढ्ने उठाउन सकूँ । हो, यदि मैल नर्कमा जानुपर्यो भने पनि म पछाडि सर्ने छैन ।
यो सुनेर ब्राह्मण मण्डलीको टाको लाजले झुक्यो र आचार्य रामानुज हाँस्दै त्यही शूद्र शिष्यको काँधमा हात राखेर हिँडे ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रतिक्रिया