असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

प्रकाशमानलाई पीर : नेपालको राजनीतिमा मूल्य-मान्यता हरायो



काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको राजनीतिमा मूल्य-मान्यता हराउँदै जान थालेको गुनासो गरेका छन् ।
गणेशमान सिंह फान्डेसनले आज (बिहीबार) सिंह निवास चाक्सीबारीमा प्रजातन्त्र स्थापना, पुनर्स्थापना एवं सम्वर्द्धनका लागि योगदान गरेकाहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली राजनीति मूल्यभन्दा शक्ति केन्द्रित हुन थालेको बताएका हुन् ।

गणेशमान सिंह फान्डेसनले गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ०७९ बाट ध्यान गोविन्द रञ्जित, हिमालय शमशेर राणा, मनज्ञ लाकोल, हरिनाथ बाँस्तोला, डा. दिनेशनाथ गंगोल, नारायणप्रसाद भट्टराई, पूणर्ानन्द शर्मा, दिलीप सापकोटा, योगप्रसाद उपाध्याय, स्वर्गीय गणेश कर्माचार्य र चम्पा थारुलाई प्रदान गरेको छ ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ६ : ०३ बजे