श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

अनुहारमा आएको मासुको डल्ला कसरी हट्छ ?



कसैकसैको अनुहारमा मासुका ससाना डल्ला हुन्छन् । यि खतरनाक हुँदैनन् तर सबै उमेरका मान्छेमा यो आउन सक्छ । समयक्रमसंगै यी डल्ला बिलाएर जान्छ तर यसबाट धेरै चिन्तित हुुनुहुन्छ र तिनलाई छिट्टै हटाउने उपाय चाहानुहुन्छ भने केहि सरल उपाय यस्ता छन् ।

– छालाको हेरचाह
छालालाई बेवास्ता गर्दा पनि यस्ता डल्ला निस्कन सक्छन् । त्यसैले नियमित रूपमा मुख धुने र धोएपछि राम्रो मोइस्चराइजर दल्नु पर्दछ ।

– सउना
तातोपानी भएको कोठा (सउना)मा गएर बस्दा पनि मासुको डल्ला हट्ने गर्दछ । वाफले छालाका छिद्र खोल्छ । छिद्र खुलेपछि डल्लालाई बिस्तारै रगडेर फाल्न सकिन्छ ।

– घामबाट बच्ने
घाममा धेरै हिँड्दा पनि डल्लाहरू बढ्छन् र तिनीहरूलाई हटाउन गाह्रो हुन्छ । त्यसैले सकेसम्म घाममा नहिँड्ने वा सनब्लक क्रिम लगाएर मात्र हिँड्ने गर्नुपर्छ ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  १० : ११ बजे