श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

बाहिर अर्कै गर्लफ्रेण्ड घुमाउँथे, अचानक प्रेमिकाले चाल पाएपछि…



केही दिनयता एक खेलाडीले आफ्नी प्रेमिकालाई धोका दिएको पोल खुलेको समाचार निकै भाइरल बनेको छ । आफूलाई धोका दिएको थाहा पाएपछि प्रेमीकाले ति खेलाडीलाई निकै राम्रो पाठ पढाएकी छन् । सायद अब ति खेलाडी यस घटनालाई जिवनभर भुल्ने छैनन् ।

खासमा ति खेलाडीले आफ्नी प्रेमिकालाई धोका दिँदै अर्की युवती उपर ८० लाख खर्चेका थिए । जसै यसबारे खेलाडीकी प्रेमिकाले थाहा पाइन् उनले तत्काल उनीसंग ब्रेकअप गरीन् । नाम नखुलाइएका बेलायती ति बेलायती खेलाडी थ्रि लाइन्सका सदस्य हुन् ।

ति बेलायती खेलाडीले प्रेमिकाभन्दा बाहिरकी युवतीलाई करिब ८५ लाखको खर्च गरेका थिए । उनी लुकिछिपी ति नौली युवती भेट्न जान्थे र उनलाई घुमाउथे, सपिंग गराउथे । ति खेलाडी नयाँ युवती पछाडि यति पागल थिए कि प्रेमिका छाडेर उनी कैयौं रात बिताउथे । साथै घर आएर फोनमा च्याट गर्थे ।

अचानक एक दिन जब ति खेलाडी नुहाउन बाथरुम गए उनले मोवाइल लान बिर्से । तब अचानक उनकी प्रेमिकाले उनको मोबाइल चेक गरीन् र सबै पोल खुल्यो । खेलाडीकी प्रेमिकाले प्रेमी र अर्की युवतीको म्यासेज र कैयौं फोटो समेत भेटिन् । जब उनले यसबारे प्रेमिलाई प्रश्न गरिन् उनले सिधा जवाफ दिन सकेनन् ।

यस अघि पनि प्रेमीले यसरी नै धोका दिएका थिए । त्यसैले अन्तत उनले खेलाडीसँग ब्रेकअप गरेर अलग हुने निधो गरीन् । उनलाई प्रेमीमाथि त्यसबेलादेखि शंका बढेको थियो जब उनी अबेर रात घर फर्किन थाले र उनले आफ्नो फोनको बढी केयर गर्न थाले । एक पटक त उनको शरिरबाट लेडीज परफ्यूमको गन्ध समेत आएपछि उनकी प्रेमिकालाई शंका जागेको थियो । यि सबै कुरा खेलाडीको प्रेमिकाको एक पक्षीय कुरामा आधारित छ ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ९ : १२ बजे