असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

सरकारी जागिर खाने भाग्य छ, छैन ? हत्केलाको रेखाले पनि दर्शाउछ



सरकारी जागिरको सुख सबैको भाग्यमा हुदैँन । सरकारी जागिर खाने योग छ छैन हातको रेखाबाट थाहा पाउन सकिने ज्योतिषिय मान्यता छ । साथै हस्तरेखा शास्त्रमा हातका रेखा, निशान, पर्वतका आधारमा यसबारे थाहा पाउन सकिने मान्यता छ ।

जुन मानिसको भाग्यमा सरकारी जागिरको योग हुन्छ उनीहरुको हत्केलामा यसलाई संकेत गर्ने केहि खास निशान हुन्छ । यस्ता जातकको सूर्य निकै बलियो हुन्छ । सुर्य बलिलो हुनेहरुले केवल प्रशासनिक सेवामा मात्र नभइ अन्यत्र पनि ठुलो पद पाउन सक्छन् ।

– जुन व्यक्तिको हत्केलामा दोहरो सूर्य रेखा हुन्छ, साथै बृहस्पती पर्वतमा काटिउको निशान छ भने उनीहरुले सरकारी जागिर पाउने योग धेरै हुन्छ ।

– यदि हत्केलामा बृहस्पती पर्वतका छेउमा त्रिशूलको निशान छ भने यस्ता मानिसले केवल सरकारी जागिरमा मात्र नभइ ठुलो पद पाउने सम्भावना रहन्छ । यी मानिस आफ्नो कामकाज र लीडरशिपले समाजमा खूब नाम कमाउँछन् ।

– जुन मानिसको हातमा साहिंली औलाको मुनी सूर्य पर्वत राम्ररी उच्च भएको छ साथै सूर्य पर्वतबाट सीधा रेखा निस्किएको छ भने यस्त मानिसले सरकारी जागिर खाएरै छाड्छन् ।

– हत्केलामा बृहस्पती पर्वत उठेको छ भने यस्ता व्यक्तिको बृहस्पती बलियो हुन्छ । यसले भाग्य वृद्धि समेत गराउँछ । साथै हरेक काममा सफलता दिलाउँछ । यस्ता मानिस सजिलै प्रशासनिक पदमा पुग्छन् र जीवनमा ठुलो पद पाउँछन् ।

– यदि भाग्य रेखाबाट कुनै पनि रेखा निस्किएर सूर्य पर्वतमा मिलेको छ भने यस्ता जातक पनि निकै भाग्यशाली मानिनछन् । यस्ता मानिसले सरकारी सेवामा ठुलो पद पाउने संभावना हुन्छ ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ६ : ०३ बजे