असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

तस्वीरमा हेर्नुहोस् रवि लामिछानेको नयाँ दल घोषणा कार्यक्रम



काठमाडौँ– सञ्चार क्षेत्रबाट राजनीतिमा लाग्ने घोषणा गरेका रवि लामिछानेले नयाँ राजनीतिक दल दर्ता गर्ने घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आफ्नो अध्यक्षतामा दलको नाम घोषणा गर्दै दर्ताका लागि निर्वाचन आयोगमा जाने बताए । उनले दलको प्रस्तावित चुनाव चिन्हका रुपमा घण्टी रहेको पनि जानकारी दिए ।

यो दलले प्रारम्भिक निर्वाचन, बहुसंख्यक युवा (५० प्रतिशत प्लस १), प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री, भ्रातृ संगठन र कार्यकर्ता नरहने, राइट टु रिकल एन्ड राइट टु रिजेक्टको ब्यवस्था हुने, डिजिटल डेमोक्रेसी र परिवारवाद निषेध जस्ता मुख्य विशेषता रहने बताएको छ ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ३ : १५ बजे