श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

बेलपत्रको कमाल कपाल झर्न रोक्नेदेखि छाला गोरो पार्नसम्म उपयोगी



भगवान शिवको आराधनामा बेलपत्रको अर्पण गरिन्छ । तर खास औषधीय महत्व भएकाले बेलपत्रमा प्रोटिन, बीटा क्यारोटिन, थाइमिन, क्याल्सियम, आइरन, भिटामिन ए, भिटामिन बी र भिटामिन सीसँगै भरपुर मात्रामा जैविक तत्वहरु र एन्टीअक्सिडेन्ट्स पाइन्छ । यस बाहेक बेलपत्रका अरु पनि थुप्रै उपयोगीता छन् ।

– बेलको रसलाई मनतातो पानीमा मिसाएर महको केही थोपा हालेर यस घोल नियमित सेवन गर्दा रगत सफा हुन्छ ।

– बेलको गुदीमा सोरलिन नामको तत्व हुन्छ जसले छालाको घाम सहने क्षमता राख्छ साथै सेतो दाग हटाउँछ । बेलको दैनिक उपयोगले छालाको सेतो दागहरु सफा हुन्छन् ।

– बेलपत्रमा क्यारोटिन हुन्छ र यी दुवै तत्व मिलेर छालाको रंगलाई समान बनाइ राख्न महत्वपूर्ण भूमिका खेल्छन् ।

– बेलपत्रको रससँग जीरा मिलाएर पिउनाले पित्तको साथै छालामा हुने दाग धब्बा र चिलाएको निशाना ठिक हुन्छ ।

– पाकेको बेलको बोक्रालाई सफा गरेर त्यसमा तिलको तेल तथा कपुर मिलाएर दैनिक कपालमा लगाउँदा कपालमा जुम्रा पर्दैन ।

– कपाल झर्ने समस्या रोक्न बेलपत्रको सेवन सबैभन्दा उचित उपाय हो । दैनिक एक बेल पत्तालाई धोएर खाएमा एक हप्तामै फरकपन पाउन सकिन्छ ।

– पाकेको बेललाई मह र सख्खरसँग खाँदा शरीरको रगत सफा हुन्छ र रगत पनि बढ्छ ।

– बेलको पत्ताको रस पुरै शरीरमा लगाएर एक घण्टापछि नुहाउँदा शरीरको दुर्गन्ध हट्छ ।

– बेलमा भिटामिन सी हुने भएकाले यसको सेवन गरेमा स्कर्वी रोगबाट बच्न सकिन्छ ।

– पाकेको बेलको गुदीलाई पानीमा उमालेर चिसो बनाएपछि त्यसले कुल्ला गर्दा मुखभित्रको छाला ठिक हुन्छ ।

– बेलपत्रको काढा दैनिक पिउँदा मुटु बलियो र हृदयघातको सम्भावना पनि कम हुन्छ ।
बेलपत्रलाई पीसेर रस बनाइ उमालेर काढा बनाई नियमित सेवन गरे ज्वरो निको हुन्छ ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ८ : ०० बजे