असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

सिरानीमा पैसा, किताब, मोबाइल, सुनका गहना र पर्स राखे हानी



वास्तुशास्त्तमा केही यस्ता नियमका बारेमा बताइएको छ जसको पालना नगरे घरमा वास्तु दोष उत्पन्न हुने मान्यता छ । साथै यि वास्तु दोषले व्यक्तिलाई कैयौं प्र्रकारको समस्याले सताउने मान्यता छ । यस्तोमा वास्तुदोष सुतेका बेला पनि पर्न सक्ने भन्दै यसबाट बच्न सिरानी मुनि कतिपय सामान राख्न नहुने मान्यता छ ।

धन सम्पत्ति
वास्तु अनुसार सिरानी मुनी धन सम्पती राखेर कहिल्यै सुत्नु हुदैँन । धनलाई माता लक्ष्मीको रुप मानिन्छ । त्यसैले सिरानी वा ओच्छ्यान मुनि राखेर सुत्दा माता लक्ष्मीको अपमान हुने मान्यता छ । धनलाई सधैं दराजमै राख्नुपर्ने मान्यता छ ।

किताब
कतिपय मानिस पढ्दा पढ्दै निदाउँछन् र सिरानीमै किताब राख्छन् । वास्तुशास्त्र अनुसार सिरानीमा किताब समेत राख्नु हुदैँन । मान्यता अनुसार सिरानीमा किताब राख्दा विद्याको अपमान हुने गर्दछ । साथै यसले भविष्यमा समेत नकारात्मक असर पार्न सक्छ ।

मोबाइल
वास्तुशास्त्रका अनुसार सिरानीमा मोबाइल राख्नु समेत हानीकारक मानिन्छ । मोबाइल वा कुनै विद्युतिय उपकरण राख्दा यसबाट निस्कने किरण वा रेडिएशनले स्वास्थ्यमा असर पार्नुका साथै आसपासमा नकारात्मक ऊर्जाको समेत संचार गराउँछ ।

सुनका गहना
कतिपय मानिस सुरक्षाका लागि सुनका गहनालाई सिरानी मुनि राख्छन् । तर वास्तुको नजरमा यो उपयुक्त मानिदैँन । यसो गर्दा मानिसमा रिस बढ्ने र कार्यमा बाधा उत्पन्न हुने मान्यता छ ।

पर्स
वास्तु अनुसार सुत्दा आसपासको माहौल सकारात्मक राख्नु पर्दछ । केही मानिस आफ्नो पर्स सिरानीमा राखेर सुत्छन् । तर वास्तुमा यो बानी राम्रो मानिँदैन । यसो गर्दा आर्थिक हानीका साथै सम्बन्धमा समेत दरार उत्पन्न हुन सक्ने मान्यता छ ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ६ : ३८ बजे