असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

काठमाडौँका मेयर शाहले सार्वजनिक गरे चुनावी खर्च



काठमाडौँ– काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय निर्वाचनको दौरान भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले प्रचारप्रसारका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरणअनुसार उनले प्रचारप्रसारका क्रममा तीन लाख ९४ हजार खर्च गरेका छन् ।

‘हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रुपैयाँ भएको छ । जसमा मत गणनाको समयमा मात्रै एक लाख भन्दा बढी भएको थियो।’, उनले भने ।

प्रकाशित मिति : असार ६, २०७९ सोमबार  ९ : ४६ बजे