असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

कर्मालाई हराउँदै एन्फा अध्यक्षमा पंकज निर्वाचित



काठमाडौँ-अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ निर्वाचित भएका छन् ।

काठमाडौँमा साेमबार भएकाे निर्वाचनमा बर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्बाङ अध्यक्ष निर्वाचित भएका हुन् । वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले ४५ र शेर्पाले ३९ मत प्राप्त गरे ।

अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले कुनै मत प्राप्त गरेनन । निर्वाचनमा सबै अर्थात ८४ जना मतदाताले नै मतदान गरेका थिए ।

प्रकाशित मिति : असार ६, २०७९ सोमबार  ९ : २७ बजे