काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै हवाई यातायात (आन्तरिक) को भाडा समेत बढेको छ। वायु सेवा सञ्चालक सङ्घले बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको हो ।
बढेको दरअनुसार अब काठमाडौँ–धनगढी रुटको भाडा १६ हजार ८०५ रुपैयाँ पुगेको छ। यस्तै, काठमाडौं–नेपालगञ्ज रुटको १३ हजार ८१५ रुपैयाँ पुगेको छ। काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा १४ हजार ७२० रुपैयाँ पुगेको छ।
निगमले सोमबारदेखि पेट्रोलियको मूल्य बढाएको हो। जसअनुसार हवाई इन्धन (आन्तरिक)को मूल्य १९ रुपैयाँले बढेर प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ।
इन्धनको भाउ बढेपछि सोमबार नै गाडीको भाडा पनि बढेको छ ।
प्रतिक्रिया