कतिपय दैनिक जीवनमा भइरहने घटनामा हामीले ध्यान दिएका हुदैँनौं । तर केहि यस्ता घटनाले आगामी जीवनको संकटका बारेमा संकेत दिएको हुनसक्ने मान्यता छ । अर्थात केहि यस्ता काम वा घटना छन् जसलाई सगुन र अपसकुन भनिन्छ । यदि केहि खास चीज बारम्बार हातबाट खस्छ भने यसलाई अपसकुन मान्ने गरीन्छ । के हुन् ति चीज ?
– यदि हातबाट बारम्बार कुनै पूजा सामग्री वा पूजाको पुरै थाली खस्छ भने यसलाई नराम्रो संकेत मानिन्छ । मान्यता अनुसार यसलाई भगवानको कृपा नभएको मानिन्छ ।
– वास्तु र ज्योतिष शास्त्रमा नुनलाई महत्वपूर्ण मानिन्छ । यदि बारम्बार हातबाट नुन पोखिएको छ भने यसलाई अपसकुन मानिन्छ । वास्तुदोष र कुण्डलीको दोष निवारण गर्न नुनको उपाय प्रभावकारी मानिन्छ ।
– तेलको सम्बन्ध शनि ग्रहसंग रहेको छ । यदि हातबाट धेरै पटक तेल पोखियो भने यसलाई ठिक मानिँदैन । यसले जीवनमा ठुलो समस्या आउने संकेत गर्ने मान्यता छ ।
– खाना फ्याक्नु माता अन्नपूर्णा र माता लक्ष्मीलाई रुष्ट बनाउनु सरह हुने मान्यता छ । यदि कुनै व्यक्तिको हातबाट खाना खाँदा वा पस्कदा खाना पोखिन्छ भने यसले गरीबी निम्तने संकेत गर्ने मान्यता छ ।
– दूधको उपयोग पूजा–पाठमा पनि हुन्छ । गाईको दूधलाई अमृत समान मानिन्छ । यदि कसैको हातबाट बारम्बार दूध पोखिन्छ वा नष्ट हुन्छ भने यसलाई अपसकुन मानिन्छ । दूध उम्लेर पोखिनु पनि नराम्रो संकेत मानिन्छ । यो आर्थिक संकटको कारण बन्न सक्छ ।
प्रतिक्रिया