असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

आइसिटी क्षेत्रको तीव्र विकासका निम्ति राज्यले योजनाबद्ध रुपमा कार्य अघि बढाउनुपर्ने आवश्यकताः उपराष्ट्रपति पुन



काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार तथा सूचना प्रविधिको विकासलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

आइसिटी फाउण्डेशन नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको डिजिटल नेपाल कम्क्लेभ विषयक कार्यक्रममा उनले आइसिटी क्षेत्रको तीव्र विकासका निम्ति राज्यले योजनाबद्ध रुपमा कार्य अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले सरकारले सार्वजनिक गरेको डिजिटल नेपाल फ्रेमवर्कको सपना पूरा गर्ने लक्ष्यअनुरूप गतिविधि अगाडि बढाउनुपर्नेमा जोड दिए ।
इन्टरनेटका माध्यमबाट जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने भन्दै उनले सुशासनसँगै पूर्णरुपमा डिजिटल गर्भमेन्ट हुनुपर्ने जोड दिए ।

उनले तत्कालका लागि विश्वमा विकसित भएका विज्ञान प्रविधिको उच्चतम प्रयोगबाट नै कार्य सम्पन्न गर्दै त्यसलाई नेपालका सबै शहर र गाउँसम्म पु¥याउन तीनै तहका सरकारको सक्रियता हुनुपर्ने बताए । ।

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  ५ : ४१ बजे