असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

पैगम्बर मुहम्मदमाथि आपत्तिजनक टिप्पणीको समर्थन गरेकाे आरोपमा चार नेपाली मलेसियामा पक्राउ 



क्वालालम्पुर–  पैगम्बर मुहम्मद विरुद्ध अपमानजनक अभिव्यक्ति दिने भारतका राजनीतिज्ञहरूलाई समर्थन जनाउँदै बाटु केभ्समा  टिकटक बनाएको आरोपमा मलेसियन प्रहरीले चार नेपालीलाई पक्राउ गरेको छ।

बुकित अमान अपराध अनुसन्धान विभागका निर्देशक दातुक सेरी अब्द जलील हसनले भने कि संघीय प्रहरी मुख्यालयको  २६ देखि २७ वर्ष उमेर समूहका चार नेपालीलाई  मेरु, क्लाङबाट पक्राउ गरेको  जानकारी दिए ।
प्रहरीले उनीहरूले  भिडियो रेकर्डिङ र अपलोड गर्न प्रयोग हुने ग्याजेट पनि प्रहरीले बरामद बरनामाले समाचार लेखेको छ । 

भिडियोमा देखिएका अन्य मानिसह?लाई पत्ता लगाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । यस्तै, भिडियोमा देखिएका चार नेपाली बाहेक अन्यलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरिएको छ । 

उनले चार नेपाली विरुद्ध देशद्रोह ऐन, १९४८ को दफा ४९१० बमोजिम उक्साउने प्रवृत्ति, दफा ५०५ (ख) बमोजिम जनमानसमा डर वा त्रास पैदा गर्ने र उत्पन्न गर्ने कानून अनुसार अनुसन्धान भइरहेको बताए । त्यस्तै, सञ्चार तथा मल्टिमिडिया ऐन १९९८ को धारा २३३ अनुसार पनि कारवाही भइरहको बताइएको छ । 

१८ सेकेन्डको भिडियोले पैगम्बर मुहम्मदको विरुद्धमा आपत्तिजनक बयान दिने भारतीय जनता पार्टीकी राजनीतिज्ञ नुपुर शर्माको सङ्घर्ष र कारबाहीलाई समर्थन व्यक्त गर्न विदेशीहरूको समूह बाट गुफा मन्दिर अगाडि भेला भएको देखाइएको छ।

 

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  ३ : २८ बजे