हिन्दू धर्ममा कैयौं बोटबिरुवामा देवी–देवताको वास हुने मान्यता छ । यस्तै देवी–देवतालाई बार अनुसार पूजा गर्ने परम्परा छ । आइतबार सूर्य देवको पूजा गर्ने र व्रत राख्ने गरीन्छ । तर यस दिन केहि बोटविरुवा भने छुन नहुने मान्यता छ ।
तुलसी
आइतबार तुलसीको बोटमा पानी चढाउन र छुन बर्जित छ । आइतबार र एकादशीका दिन तुलसी टिप्न नहुने समेत मान्यता रहेको छ ।
पीपल
पीपलको बोटमा ब्रह्मा, विष्णु र महेश्वरको निवास हुने मान्यता छ । सूर्यास्तपछि पिपलमा लक्ष्मीको वास हुने तर आइतबार अलक्ष्मीको वास हुने भएकाले यस दिन पीपललाई छुन जल चढाउन नहुने मान्यता छ ।
समी
सूर्य देवका पुत्र शनिदेव प्रति शनिवार समर्पित छ । आइतबार सूर्य देवमा सर्मपित छ । समीको बोट शनिदेवमा सर्मपित रहेकाले यसको विशेष रूपले पूजा गर्नु पर्ने मान्यता छ । आइतबार बाहेक समीको पूजा गर्नु शुभ मानिन्छ ।
प्रतिक्रिया