श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

गैरआवासीय नेपाली नागरिकताको माग चाँडै समाधान हुने प्रधानमन्त्रीको भनाई



काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली नागरिकताको माग चाँडै समाधान हुने बताएका छन् ।

आज गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने ‘नागरिकता, मताधिकार, लगानी र वैदेशिक रोजगार’ सबन्धी सेमिनारमा बोल्दै प्रधानमन्त्री देउवाले सबै पक्षसँग छलफल गरी नागरिकता सबन्धी चाँडै समाधान हुने  बताएका छन् । 

बजेटमार्फत सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट घटाएर २ करोड कायम गरेको छ। यस्तै १० करोडसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाएको बताएका छन् । 

यसैगरी प्रधानमन्त्रीले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिसकेकोले त्यहाँ लगानी गर्न आग्रह गरेका छन् । 

उत्पादनमूलक एवं निर्यातजन्य उद्योगमा वैदेशिक लगानी आकर्षण गर्न एवं गैरआवासीय नेपालीको लगानी भित्र्याउन वैदेशिक लगानीसम्बन्धी कानून तथा प्रक्रियामा सुधार गर्ने, उद्योग स्थापनाको लागि आवश्यक पर्ने जग्गाको दरबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने र उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाएको भन्दै नेपाली मातृभूमिलाई माया गर्दै विदेशी लगानी र सीप नेपालमा लगानी गर्न आग्रह गरे । 

यसैगरी, उनले एनआरएनले भुकम्प तथा कोभिडको बेला पु¥याएको योगदानलाई पनि प्रशंसा गरेका छन् ।

 

प्रकाशित मिति : असार २, २०७९ बिहीबार  ४ : १७ बजे