श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

नागरिकता, मताधिकार, लगानी र वैदेशिक रोजगार सेमिनार (लाइभ)



काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्ने ‘नागरिकता, मताधिकार, लगानी र वैदेशिक रोजगार’ सबन्धी सेमिनार सुरु भएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहित अन्य ६ मन्त्री सहभगाी हुने भएका छन् ।

सेमिनारमा अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, गृहमन्त्री बालकृष्ण खाँड, सूचना संचार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला सहभागी हुने भएका हुन् ।

यसैगरी, मुख्यसचिव शंकरदास बैरागीसहित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समेत कार्यक्रममा सहभागीता जनाउने छ ।

उद्योग, अर्थ, परराष्ट्र मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको टोली समेत कार्यक्रममा उपस्थित हुने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ ।

नेपाल सरकारलगायत बिभिन्न सरोकारवालाहरुको समेत उपस्थितिमा गैरआवासीय नेपालीहरुका मागहरु सम्बोधन गराउने उद्देश्यले आयोजना हुने सो कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुभाष नेग्वाङ, पूर्वमन्त्री गगन थापा, सांसदहरु डा। सूर्यप्रसाद पाठक, कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, संविधानसभा सदस्यहरु भीमलाल देवकोटा, राधेश्याम अधिकारी, सांसदहरु पुष्पा भुषाल गौतम, रेखा शर्मा, पूर्वमन्त्री योगेश भट्टराई सहभागीता रहने छ ।

सेमिनारमा नेपाली नागरिकता र मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार सबन्धी छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने संघका अन्तराष्ट्रिय समन्वय परिषद्का सचिव चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

काठमाडौंको र्याडिसन होटलमा आयोजना हुने एक दिने सो सेमिनारमा गृहसचिव टेकनारायण पाण्डे, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, अर्थ सचिव, भरतराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौडेलले समेत सम्बोधन गर्ने भएका छन् ।

उक्त सेमिनारमा प्रत्यक्ष उपस्थिति हुन नसक्नेले जुमबाट पनि सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रम बिहिबार दिउँसो १ बजे देखि ७ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : असार २, २०७९ बिहीबार  २ : २६ बजे