श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

लोकसेवा आयोगको आज ७२ औं वार्षिकोत्सव



काठमाडौँ– लोकसेवा आयोगले आफ्नो ७२ औं वार्षिकोत्सव आज मनाउँदै छ।

यस अवसरमा आयोगले केन्द्रीय कार्यालय कमलपोखरीमा वार्षिकोत्सव समारोह आयोजना गरेको छ ।

उक्त समारोहको बिहान १० : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने आयोगले जनाएको छ ।

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको हो ।

स्थापना कालदेखि यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दै आइरहेको छ ।

नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : असार १, २०७९ बुधबार  १० : १० बजे