आश्विन १६, २०७९ आइतबार | Sun Oct 2 2022

सजिलो एपको ब्रान्ड एम्बेसडरमा कलाकार राई



काठमाडौँ– सजिलो एपको ब्रान्ड एम्बेसडरका कलाकार एलिश राई नियुक्त भएका छन् । राईको नियुक्तिले सजिलो एपले नयाँ उचाइ लिने कम्पनीले विश्वास लिएको छ ।

सजिलो एप नयाँ राईड सेयरिङ कम्पनी हो । गत बैशाख १ गते देखि सजिलो साथीले तत्कालका लागि काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा सेवा दिने गरी नयाँ राइड सेयरिङ एप ‘सजिलो’ सुरु गरेको हो ।

यो एप बैशाखबाट तीन महिनाका लागि बेटा भर्सनमा ‘सजिलो’ ल्याएको कम्पनिले तीन महिना पछि अर्थात आगामी साउनमा बजार भर्सनमा सार्वजनिक गर्ने तयारी गरेको छ । सजिलोले अहिले उपभोक्ताहरूलाई मोटरसाइकल, ट्याक्सी र समान बोक्ने (हात्ती) गाडी को सेवा उपलब्ध गराउँदै आएको छ ।

सजिलो साथीले हालका लागि ६ महिना सम्म राइडरलाई कमिसन फ्री गरिने घोषणा गरेको छ । जस अनुसार आगामी असोज मसान्त सम्म ‘सजिलो’मा आबद्ध हुने राइडरले कम्पनीलाई कुनैपनि शुल्क बुझाउनु पर्दैन । ६ महिना पछि पनि राइडरलाई फाइदा पुग्ने गरी सेवा दिने योजना तय भएको कम्पनीले जनाएको छ ।
राइड सेयरिङ एप ‘सजिलो’ निकै नै सस्तो, भरपर्दो र सुरक्षित रहेको कम्पनीले दाबी गरेको छ ।

अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र रहेको ‘सजिलो’ एपको सेवालाई निकट भविष्यमा नै देशभर विस्तार गर्ने योजना रहेको छ । सजिलो साथीको सेवा लिन सेवाग्राहीले गुगल प्ले स्टोर र एप स्टोरमा गएर सजिलो साथी सर्च गरी डाउनलोड गरेर सेवा लिन सकिने छ ।

 

प्रकाशित मिति : जेठ ३०, २०७९ सोमबार  ६ : २० बजे