श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

सुनको मूल्य आज यथावत, चाँदीको बढ्यो



काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यस्थिर छ। अघिल्लो दिन ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज पनि बजारमा सोही मूल्यमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार  १२ : १८ बजे