श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा छ : मन्त्री कार्की



काठमाडौँ– सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानीलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । काठमाडौँमा भएको दोस्रो डिजिटल इकोनोमी कन्क्लेभलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारको प्राथमिकता भएकै कारण डिजिटल भुक्तानीलाई सरकारले बढवा दिँदै आएको उनले बताए ।

मन्त्री कार्कीले भने– ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैँ भरी कायम गर्नुपर्छ ।’

सूचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएकोले सूचना प्रविधिमा सबैलाईसँगै लिएर जानुपर्ने मन्त्री कार्कीले बताए । उनले सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको दाबी पनि गरे ।

सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको उनको भनाइ छ । ब्राण्डवर्थ प्रालिले फोन पेसँगको सहकार्यमा कन्क्लेभ आयोजना गरेको हो ।

प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार  १२ : ११ बजे