श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

एनसेलले ल्यायो अनलिमिटेड डेटा, आकर्षक अल नेट भ्वाइस र एसएमएस बन्डल प्याक अफर



काठमाडौ – सञ्चार प्रदायक संस्था एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । अफरमार्फत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

यी प्याकहरु आजदेखि सञ्चालनमा आएका छन् । ग्राहकको दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले करसहित २९ देखि ४८ रुपैयाँ पर्ने आकर्षक डेटा प्याक शुरु गर्न सक्ने छन् । एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी ग्राहकले यो प्याक खरिद गर्न सकिने छ ।

डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समय सीमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउन सक्छन् ।
एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचालु गर्न सक्ने कम्पनीले जनाएको छ ।

उनीहरुले करसहित १२ रपैयाँमा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, १४ रुपैयाँमा १०० मिनेट टक टाइम र १०० एसएमएस वा २९ रुपैयाँमा २ सय ९० मिनेट टक टाइम र २ सय ९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । यी अल नेट प्याकहरु एष्ट्रिक्स १७१११८ ह्यास डायल गरि सहजै लिन सकिन्छ । यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमई पेबाट पनि प्राप्त गर्ने सक्ने छन् ।

प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार  ११ : ३६ बजे