काठमाडौँ– सरकारले वर्षेनी २ लाख जना सूचीकृत बेरोजगारलाई रोजगारी दिने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत प्रत्येक वर्ष स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत २ लाख बेरोजगारलाई रोजगार दिइने घोषणा गरेका हुन् ।
यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई कृषि उत्पादन केन्द्रित रोजगारी प्रदान गर्ने र यसका लागि बेरोजगार व्यक्तिको सीप र योग्यताको तथ्यांक संकलन गरिने सरकारको बजेट वक्तब्यमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया