असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौँ – सरकारले पेश गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको प्रस्ताव थिए । बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट बहुमतले पारित भइसकेको छ । यससँगै अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । सरकारले भोली नयाँ आर्थिक बर्षका लागि बजेट पेश गर्दैछ ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ८ : ४१ बजे