असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

बूढानीलकण्ठमा देक्काइदो ओनसेन रिसोर्ट खुल्यो



काठमाडौँ – काठमाडौँमा शान्त र एकान्त ठाउँमा खाना र विश्राम खोज्नेहरूका लागि नयाँ विकल्प खुलेको छ ।

कामको व्यस्तता र कोलाहलकाबीच शान्त हरियालीको माझमा समय विताउन चाहनेका लागि काठमाडौँकोबूढानीलकण्ठमा देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) खुलेको हो । जहाँको आथित्यता आत्मीय र अनुपम रहेको सञ्चालकको दाबी छ ।

काठमाडौंको बूढानीलकण्ठ मन्दिरको शिरानमा जोडिएको यो रिसोर्ट बूढानीलकण्ठमन्दिरदेखि एक किलोमिटर माथि पर्छ । शान्त मात्र होइन आतिथ्यताको आनन्दाका बीच जापानको मौलिक रामेन जसको नुडल्स र बेन्त्व बक्स देक्काइदो मौलिक परिकार हो । जापानिज र नेपाली मौलिक खानाको स्वाद यहाँको अर्को आकर्षण भएको देक्काइदो ओनसेनका अध्यक्ष अर्जुन अधिकारी बताउँछन् । जुन नेपालका अन्य रिसोर्टमा नपाइने परिकार हो । बेन्त्व बक्सहरु काठमाडौंका डिपार्टमेन्ट स्टोरहरुलाई पनि सप्लाई गर्ने योजना रहेको अधिकारीले सुनाए ।

अर्घाखाँचीको सन्धीखर्कका अधिकारी सन् १९९५ तिरै हस्पिटालिटी क्षेत्रमा सरिक भएका हुन् । पोखरामा बुवा ढुंडीराज अधिकरी र दाजु अमृत अधिकारीले सुरु गरेको होटेल व्यवसायको मार्केटिङको जिम्मेवारी लिएर काठमाडौं छिरेका थिए । त्यहीबेला उनले एउटा म्यागेजिनमा संसारको सबैभन्दा उत्तम सेवा र सौचालय जापानमा पाइने कुरा पढे । त्यसपछि उनी सन २००१ मा जापान पुगे । पाँच वर्ष हस्पिटालिटी क्षेत्रमा काम गरे र आज जापानको हुक्काइदो सहरमा ‘विस्तारै विस्तारै’ नामका १० वटा रेस्टुरेन्ट स्थापना गरिसकेको उनले बताए ।

जापानको निकै सुन्दर हुक्काइदो सहरमा जसरी मानिसहरु रिफ्रेसमेन्टका लागि आउने गर्छन त्यसहरी नै काठमाडौं सहरको अव्यवस्थित ट्राफिक, बिरलै पाइने हरियाली र व्यस्तताबाट एक पल भए पनि उम्किएर समय विताउने स्थान बनोस भनेर आफूले देक्काइदो ओनसेन स्थापना गरेको अध्यक्ष अधिकारी बताउँछन् । प्रकृतिको बीचमा बाँस र माटोको प्रयोग गरेर आधुनिक सेवा विस्तार गर्न अधिकारीले करिब ८ रोपनी जमिनमा साढे ९ करोड लगानी गरे । त्यसमा जापानको ‘समराई’ कल्चरलाई हाम्रो नेपाली ग्रामिण बाँस र माटोको कल्चरसँग मिस्याएर यहाँको परिवेश निर्माण गरिएको छ । ‘अहिलेसम्म संरचना र रिसोर्ट निर्माणमा मात्रै ४ करोड लगानी भएको छ,’ देक्काइदो ओनसेनकी हेड अफ डिपार्टमेन्ट सुनिता अधिकारीले भनिन्, ‘अहिले यो ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अझै ४ करोड लगानी थपिन्छ होला ।’

परम्परागत र मौलिक शैलीलाई आधुनिक लेपन दिएर रिसोर्ट सजाइएको छ । जहाँ न जापानिज न नेपाली परिकार मात्र पाइन्छ ।

देक्काइदो ओनसेन रिसोर्ट फराकिलो र प्राकृतिक जंगलको बीचमा छ । आठ रोपनी जमिनमा फैलिएको रिसोर्टमा आरामदायी टेन्टको व्यवस्था छ । जहाँ आरामदायी रात बिताउन पाउने गरी व्यवस्था गरिएको छ । सुन्दर फराकिलो ठाउँहरूमा पिकनिक, भोज, पारिवारिक पार्टी र उत्सव मनाउन रिसोर्टले उचित वातावरण निर्माण गरेको छ ।

यहाँको संचालन संरचना समेत कर्मचारी र लगानीकर्ता भन्दा पनि वनरसीपको उद्देश्यले तयार गरिएको एचओडी सुनिताले बताइन् ।

देक्काइदोका विशेषताहरू

बस्नका लागि टेन्टहरूः घना जंगलको किनारमा दुई बेडसहितका तीनवटा आरामदायी डेक्काइडो टेन्ट हाउस, होक्काइदो टेन्ट हाउस र लाङटाङ टेन्ट हाउस देक्काइदो ओनसेनले व्यवस्था गरेको छ । तीं जंगलको रमणीय वातावरणमा निदाउन सकिने गरी निर्माण गरिएका छन्। टेन्ट प्रकृतिको बीचमा भएकाले एक रात भए पनि स्वच्छ र ताजा हावामा सास फेर्न पाउनु यहाँको अर्को फाइदा हो ।

पिकनिक, बीबीक्यू र रात्री भोजः दुई सयभन्दा बढी मानिसलाई सेवा प्रवाह गर्नसक्ने गरी ओनसेनले आफ्नो क्षमता बनाएको छ । मझौलाखाले पार्टी, भोज, पिकनिक, ब्रतबन्ध, पास्नी, बर्थडे उत्सवहरु मनाउन राजधानीसँगै जोडिएको देक्काइदो ओनसेन रिसोर्ट सबैको रोजाइ बन्न सक्छ। साना समूहका भोजनका लागि उपयुक्त तीनवटा सुन्दर कटेज ९होक्काइडो कटेज, लाङ्टाङ कटेज र शिवपुरी कटेज०ले राजधानीदेखि पर पुग्नुपर्ने आवश्यकताको पूर्ति गर्ने विश्वास रिसोर्टको छ । बिकिक्यू वा साँझको पार्टी, यो रमणीय प्राकर्तिक स्थलमा आनन्ददायी बनाउने प्रबन्ध रिसोर्टले मिलाएको छ ।

बैठक, सम्मेलनका लागि प्रबन्ध स् रिसोर्टले फुटकर रुपमा आउने पाहुना मात्र होइन औपचारिक र अनौपचारिक बैठकहरू, सम्मेलनहरू आयोजना गर्नसक्ने गरि प्रबन्ध मिलाएको छ । पूर्ण प्राविधिक सहयोग, स्वादिला र स्वस्थ्यकर जापानी र नेपाली परिकार, भित्री र बाहिरी ठाउँहरूको व्यवस्था चुस्त रुपमा गरिएको छ । रिसोर्टले विशेष तालिम प्राप्त दक्ष कर्मचारीमार्फत आत्मीय व्यवहारसहितको सेवा विस्तार गरेको छ ।

सुटिङ स्थल स् झट्ट हेर्दा कुनै फिल्ममा देखिने सुन्दर संरचनाजस्तो लाग्छ देक्काइदो रिसोर्ट । जहाँ मानिसको मन नलोभिने कुरै भएन । पछिल्लो समय भिडियो सुटिङ, टिकटक सुटिङको प्रचलन बढ्दै गएको छ । जसका लागि यो उपयुक्त रोजाइ बन्नेछ । देक्काइदो रिसोर्ट ओनसेनले सुटिङस्थलका रुपमा आफूलाई तयार राखेको छ । त्यसैले यहाँ सुन्दर वातावरणमा गीत, संगीतका भिडियोहरू, व्यावसायिक क्लिपहरू, चलचित्रका दृश्य वा छोटो फिल्म र टिकटक भिडियोहरू सुटिङ पनि गर्न सकिने सञ्चालक अधिकारीले बताए ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ८ : ४० बजे