काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको फैसला अध्ययन गरेपछि मात्र आवश्यक निर्णय लिने बताएका छन्।
रकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले फैसलाको पूर्ण पाठ आइनसकेकाले आएपछि मात्रै आवश्यक निर्णय लिने बताए।
सर्वोच्च अदालतले सरकारको बहुआयामिक परियोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण रोक्न फैसला सुनाएको थियो। उक्त फैसलाको विरोधमा संसद्मा प्रश्न उठेको थियो।
प्रधानमन्त्री देउवाले नेपाल आयल निगम खारेज गर्नेबारे कुनै सोच नभएको समेत बताए।
प्रतिक्रिया