काठमाण्डौः प्रधानमन्त्री शेरबहादुर देउवाले छिटपुट घटनालाई लिएर चुनावमाथि निष्पक्षका प्रश्न उठाउन नमिल्ने बताएका थिए ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै देउवाले चुनावमा धाँधली भएको भन्ने हल्लामा सत्यता नभएको बताएका थिए।
एमालेले चुनावमा धाँधली भयो भनेर आरोप लगाइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले भने चुनाव शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गर्दै छिटपुट घटनालाई लिएर समग्रमा धाँधली भयो भन्न नमिल्ने बताए।
‘एकैपटक, एकैसाथ चुनाव सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो ।
साधन र स्रोतको सीमितताका बीच पनि चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटपुट घटनालाई लिएर चुनावको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुँदैन’ देउवाले भने ।
प्रतिक्रिया