असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

गायिका साकिरामाथि लाग्यो फेरि कर छलीको आरोप



काठमाडौं – कोलम्बियाकी चर्चित गायिका साकिरा आफ्ना गीतका कारण विश्वभर नै चर्चामा छिन् । उनको हरेक गीतलाई दर्शकले रुचाएकै हुन्छन् । उनी गीतबाट मात्र नभई अहिले कर छलिको मामलामा पनि चर्चामा छिन् ।

यसअघि पनि कर छलिको आरोप खेप्दै आएकी साकिरामाथि फेरि कर छलिको आरोप लागेको छ । स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दा चलाृने तयारी गरेको छ । साकिराले भने आफूमाथि लागेको यो आरोप निराधार भएको बताउकी छिन् ।

साकिराले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै अदालतमा निवेदन दिए पनि अदालतले स्वीकार पनि गरेन । साकिराको कर छलीको मामला पहिलो पटक सन् २०१८ मा सार्वजनिक भएको थियो ।

त्यसबेला स्पेनिस उजुरीकर्ताले साकिरामाथि सन् २०१२ र २०१४ को बीच आम्दानी बापत एक दशमलब ५५ करोड अमेरिकी डलर कर भुक्तानी नगरेको आरोप लगाएका थिए । साकिरामाथि कर छलीको मामला सन् २०१९ को जूनमा अदालतमा दर्ता भएको थियो । उनले आफ्नो बयानमा सबै आरोपको खण्डन गरेकी थिइन् । अब भने आरोप प्रमाणित भए जरिवानासहित जेल सजाय पनि भोग्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ६ : ५२ बजे