काठाडौं – बैतडीको सिगासमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका-१ सिराड बस्ने मैना धामी रहेकी छिन् । शुक्रबार साँझ बाटोमा हिँडिरहेको बेला माथिबाट ढुंगा खसेको हो ।
वडा नम्बर १ को आफ्नो घरबाट वडा नम्बर ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट ढुंगा खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महिलाको शव पोष्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जनाइएको छ ।
प्रतिक्रिया