असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना संक्रमण, १५ जना निको



काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एण्टिजेन गरी १,९६९ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या ११४ जनामा झरेको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । यस्तै थप एक लाख ४ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ४ : १० बजे