असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

ओलीलाई प्रचण्डको प्रश्न : जनतालाई अपिल र सतर्क गर्नु धम्की हो ?



काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुरमा मतदातालाई धम्काएर भोट हाल्न लगाएको भनेर नेकपा एमालेले लगाएको आरोपको प्रतिवाद गरेका छन् ।

आज संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले भरतपुरमा धम्काएको भरमा मतदाताले भोट दिए भन्नु जनताको अपमान हुने बताए ।

उनले जनतालाई अपिल गर्नु र सतर्क गर्नु धम्की हुन्छ ? भनेर प्रश्न गरे ।

‘जनतालाई अपिल गर्नु र सतर्क गर्नु धम्की हुन्छ ?’ प्रचण्डले भने, ‘चितवनमा धम्काएको भरमा मतदाताले भोट दिए भन्नु जनताको अपमान हो ।’

प्रचण्डले आफ्नो सम्बोधनको अधिकांश समय प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा खर्चिदैँ अझै पनि ओलीमा दम्भ र अहंकार रहेको जिकिर गरे ।

ओलीले यसअघि नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दा झुटैझुट मात्रै बोलेको उनले आरोप लगाए । ‘मेरो दृष्टिबाट उहाँले झुटैझुट मात्रै बोल्नु भयो । अझै पनि ओलीमा अहंकार, दम्भ छ ।’

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  १२ : २१ बजे