असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

भारतको लद्दाखमा सेना चढेको बस दुर्घटना : सातको मृत्यु, १९ घाइते



नयाँदिल्ली – भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात भारतीय सैनिकको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेको आर्मी कमाण्ड अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ११ : ३६ बजे