असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु



नयाँदिल्ली – भारतमा पछिल्ला दिन फेरि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनो भाइरसका २,६८५ नयाँ संक्रमित फेला परेका छन् ।

यही अवधिमा २,१५८ जना संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएको छ । ३३ जनाले भने ज्यान गुमाएका छन् । अहिले भारतमा १६ हजार ३ सय भन्दा धेरै सक्रिय संक्रमित छन् । पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्दै गएको पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ११ : २४ बजे