असफल नियोजन
मिनबहादुरले सहरमा गएर परिवार नियोजनको स्थायी नियोजन गरायो र गाउँ फर्कियो । एक वर्षछाडि उसकी श्रीमतीले एउटा जखमले छोरो जन्माइन् । ऊ रिसाउँदै आफ्नो नियोजन गर्ने डाक्टरकोमा पुग्यो ।
मिनबहादुर : यो के लापरबाही हो डाक्टर साब ? तपाईंले त मेरो साथी नियोजन गर्नुभएको थियो, फेरि यो छोरो कसरी जन्मियो ?
डाक्टरले अझ जङ्गिदै जवाफ दिए
डाक्टर : परिवार नियोजन मैले तपाईंको गरिदिएको थिएँ, साह्रा गाउँलेको त गरेको हैन नि ।
तालुखुइलेको पीडा
पूर्णजी लाइसेन्स बनाउन यातायात कार्यालय गएको बेला नजिकका साथी नारायण पनि त्यहीँ भेटिए । उनीहरुबीच कुराकानी भयो—
पूर्ण : ओ हो नारायणजी, नमस्कार ।
नारायण : टेन्सन भो यार, कस्तो टाउको लिएर जन्मिएछ । (नारायणजी तालुखुइले हुन्)
पूर्ण : के भयो र नाराणजी, लाइसेन्स बनेन ?
नारायण : फर्म नै भरेको छैन नि ।
पूर्ण : किन ?
नारायण : नाम, उमेर, लिङ्ग, वतन सबै भरेँ, कपालको रङ्ग पनि लेख्नुपर्ने रहेछ ! के लेख्ने हो हामीजस्ताले चाहिँ ?
साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रतिक्रिया